२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

यदुवंशी युवा समाज रुपन्देहीद्वारा रक्तदान तथा होली मिलन कार्यक्रम

शनिवार , फाल्गुण २८, २०७८

  • 5.3K
    Shares
  • 5.3K
    Shares
  • भैरहवा, २८ फागुन ।
    यदुवंशी युवा समाज रुपन्देहीले शनिबार रोहिणी गाउँपालिका–३ स्थित धकधईमा शनिबार रक्तदान तथा होली मिलन कार्यक्रम  सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा समाजका सह–सचिव दिनेश यादवले बताए ।

    समाजका अध्यक्ष डा.रणधीर यादवको अध्यक्षता तथा युवा नेता एवं समाजसेवी विद्या यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव, यदुवंशी युवा समाजका उपाध्यक्ष विकास यादव, विजय कुमार यादव, राकेश यादव, कोषाध्यक्ष राकेश यादव, लगायतको उपस्थिति रहेको थियो ।

    समाजका सदस्य अग्नि शक्ति यादवको स्वागत मन्तव्य रहेको कार्यक्रमको सचिव राकेश यादवले सञ्चालन गरेका थिए ।
    कार्यक्रममा नजिकिदै गरेको होली पर्वको शुभकामना आदानप्रदान गरिएको थियो ।