२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

चित्रगुप्त युवा सेवा समितिद्वारा शुभकामना आदानप्रदान

आइतवार , फाल्गुण २९, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, २९ फागुन ।
    श्री चित्रगुप्त युवा सेवा समिति सिद्धार्थनगर–६, रुपन्देहीले शनिबार भैरहवामा चित्रान्स होली मिलन, शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विगतका वर्षझैं यस वर्ष पनि होली पर्वको पूर्वसन्ध्यामा सिद्धार्थनगर–६ स्थित चित्रगुप्त मन्दिरमा चित्रान्स युथ क्लब भैरहवाको सहयोगमा होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको श्री चित्रगुप्त युवा सेवा समितिका अध्यक्ष रत्नेश कुमार मल्लिकले बताए ।

    कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारकी कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले संस्कृतिको जर्गेना गर्ने उद्देश्यले चित्रगुप्त युवा सेवा समितिले गरेको कार्यक्रम सराहनीय रहेको बताइन् । उनले चित्रगुप्त मन्दिरलाई व्यक्तिगत तथा प्रदेश सरकारकोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

    Chitrance pariwar 3.jpg

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले चित्रगुप्त युवा सेवा समितिले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले चित्रान्स परिवार एकताबद्ध रुपमा अघि बढेको बताए ।

    चित्रगुप्त युवा सेवा समितिका अध्यक्ष रत्नेश कुमार मल्लिकको अध्यक्षता तथा समितिका सचिव विवेकनान्द मल्लिक र चित्रान्स युथ क्लबकी सदस्य सेजल मल्लिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    Chitrance pariwar 4.jpg

    कार्यक्रममा चित्रान्स परिवारका सदस्यहरुले चित्रकला, गीत, नृत्य प्रस्तुत गरेको चित्रगुप्त युवा सेवा समितिका उपाध्यक्ष आनन्द कर्णले बताए ।