२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लुम्बिनी प्रदेश भलिबलमा टीम छनौट

आइतवार , फाल्गुण २९, २०७८

बुटवल, २९ फागुन ।
लुम्बिनी प्रदेशबाट भलिबल खेलमा प्रतिनिधित्व गर्ने खेलाडीहरुको छनौट गरिएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा आइतबार खेलाडी छनौट कार्यक्रम सम्पन्न गरेको हो । 

भलिबल प्रशिक्षक अर्जुन घिमिरको संयोजकत्वमा सदस्यहरु हरि बहादुर वली, प्रदेशका सहायक प्रशिक्षक भिम डागीको ३ सदस्यीय छनौट समितिबाट प्रदेश टीम छनौट समिति गरेको हो । प्रदेशका १२ जिल्लाको खेलकुद विकास परिषदबाट छनौट भइ सिफारिसको आधारमा आएका खेलाडीहरु छनौट खेलमा सहभागि भएको समितिका संयोजन अर्जुन घिमिरेले बताए । जसबाट १२ जना प्लेईङ खेलाडी र ४ जना बैकल्पिक खेलाडी छनौट गरिएको उनले बताए । 

रुपन्देहीका लोकेन्द्र बहादुर भण्डारीको कप्तानीमा प्रताप खवास (रुपन्देही), दिपेन्द्र श्रेष्ठ (गुल्मी), आदर्श रसाईली (रुपन्देही), विनोद वि.क. (रुपन्देही), चिरञ्जिवी खड्का (गुल्मी), महेन्द्र चौधरी (नवलपरासी), प्रविन बुढाथोकी (गुल्मी), रुप बहादुर गुरौ (नवलपरासी), बबिन थापा (गुल्मी), आशिष सुनार (रुपन्देही), जीवन रसाईली (रुपन्देही) छनौट भएका छन् । त्यसै गरी वैकल्पिकमा सरोज चौधरी (रुपन्देही), थम्मान खत्री (रुपन्देही), दिपेश कुंवर (रुपन्देही,) डोल बहादुर थापा (गुल्मी) रहेका छन् । कुल ३२ जना खेलाडीहरु छनौटमा सहभागी भएका थिए । 

खेलाडी छनौट कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद लुम्बिनीका प्रदेश सदस्य सचिव जयप्रकाश भट्टराईले लुम्बिनी प्रदेश खेलकुदमा उर्वरभुमि भएको दावी गर्दै दिगो विकासको योजनाअनुसार कार्ययोजना अघि बढाउने तयारीमा लागेको बताए । देश संघीयतामा गए पनि खेलकुद क्षेत्र व्यवहारमा लागू नभएको उनले बताए । चैत ७ गतेबाट सुदुरपश्चिमान्चलमा हुने दोस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितालाई लक्षित गरी प्रदेशको खेलाडी छनौट सम्पन्न भएको उनले बताए । 

कार्यक्रममा कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाले खेल र पेशालाई एकआपसमा साजस्यता गर्न सके सफलता मिल्ने बताए । राष्ट्रका गहना खेलाडीहरुप्रति सरकारको सही लगानी हुन नसकेको गुनासो गरे । देशको राजनीतिको कारण खेलकुदलाई निर्देश गर्ने संस्था लामो समयसम्म नेतृत्वबिहीन हुँदा खेल र खेलाडीको भविष्य अन्यौलता भइरहेको बेला सही समयमा सबै खेल क्षेत्रका व्यक्ति समेटेर समिति गठन भएको दावी गर्दै नयाँ कार्ययोजना बनाएर खेल विकास गर्नेमा आशावादी रहेको बताए । 

प्रदेश सदस्य राजकुमार पाण्डे, रुपन्देही जिल्ला खेलकुद परिषदका कार्यवाहक कार्यालय प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठले खेलाडीलाई सफलताको शुभकामना दिए ।

सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजनामा ७–१२ गतेसम्म लिगकम नकआउटको आधारमा हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टीमले प्रतियोगितामा भाग लिदैछ । जसको उपाधि विजेताले नगद ४ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २ रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनेछन । त्यसै गरी तृतीय स्थान हासिल गर्ने टिमले नगद एक लाख तथा सान्त्वना हुने टिमले नगद ५० हजार रुपैयाँसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कार गरिनेछ । उत्कृष्ट प्रदर्शनको आधारमा विधागत खेलाडीले पुरस्कार प्राप्त गर्नेछन् । टिमको मुख्य प्रशिक्षक भिम डागीले दाबेदार टीम तयार भएको बताए ।