२०८२, फाल्गुण १२ गते

Feb 24 2026 | २०८२, फाल्गुण १२ गते

नेपाल  लोकतान्त्रीक राष्ट्रिय अपाङ्ग सगठनमा मरासीनी

शनिवार , चैत्र ५, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • बुटवल, फागुन । लोकतान्त्रीक राष्ट्रिय अपाङ्ग संगठन नेपाल रुपन्देहीको दोस्रो अधिवेसनबाट अध्यक्षमा बालकृष्ण मरासीनी चयन भएका छन् । बुटवलमा भएको दोस्रो सम्मेलनबाट उपाध्यक्षमा योगमाया कण्डेल, सचिवमा डोलराज भण्डारी, सह सचिवमा लेखनाथ ढकाल चयन भएका छन् ।

    यस्तै कोषाध्यक्षमा ठाकुर न्यौपाने चयन भएका हुन । यस्तै सदस्यहरुमा ओम बहादुर सिंह, टोपलाल भट्राई, महेन्द्र यादव, तारादेवी खरेल, हरि प्रसाद खनाल, दिनेश प्रसाद थारु र नर्मती विक र गंगा भुषाल चयन भएका हुन ।  

    सम्मेलनको उद्घाटन गर्दै नेकपाल एमाले पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह ईन्चार्ज दधिराम न्यौपानले अपाङ्गता भएका व्याक्तिहरुको हक, हितको लागि आफ्नो पार्टी जहिले पनि सकरात्मक रहेको बताए ।  उनले आगामी दिनमा पनि निरन्तर रुपमा सहयोग गर्दै जाने उनको भनाई थियो ।

    कार्यक्रममा नेकपा एमाले रुपन्देहीका उप सचिव तथा सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्की  नगरपालिकाले अपाङ्गता भएका व्याक्तिहरुको हितमा जहिले पनि लागिरहेको भन्दै  सरकारी आगामी दिनमा पनि नगरपालिकाबाट हुने हरेक क्रियाकलपामा अपाङ्गता भएका व्याक्तिहरुको सहजताका लागि जहिले पनि योगदान दिने बताए ।

    कार्यक्रममा लोकतान्त्रीक राष्ट्रिय अपाङ्ग  संगठन नेपालका जिल्ला उपाध्यक्ष शालिकरा दास पाण्डे, केन्द्रीय प्रतिनिधि शिव ज्ञवाली, पाराश्वर ढकाल, पिताम्बर खरेल, राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश सदस्य सावित्रा घिमिरे,  रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसी लगायतले बधाई तथा शुभकामना दिएका थिए ।