२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

शाइन रेसुङ्गा बैंकले घटायो कर्जाको ब्याजदर

कोरोना प्रभावित ऋणीलाई आठ करोड बढी ब्याज छुट

बिहिवार , श्रावण ८, २०७७

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • बुटवल, ८ साउन । 
    बुटवलमा प्रधान कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले सम्पूर्ण कर्जाहरुको ब्याजदर न्यूनतम १.१८ प्रतिशतले घटाएको छ । साउन ६ गतेदेखि सबै ग्राहकमा लागू हुने गरी कर्जाको ब्याज दर घटाइएको बैंकले जनाएको छ । 

    त्यस्तै कोभिड–१९ को असरबाट प्रभावितहरुका लागी आर्थिक राहत होस भन्ने अभिप्रायले नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रका कर्जाहरुमा बैंकले रु. ८ करोड ५ लाख रुपैयाँ ब्याज छुट गरेको छ । बैंकले चैत्र महिनाको ब्याज २०७६ चैत्र मसान्तमा भुक्तानी गरेका ग्राहकहरुलाई नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुरुप १० प्रतिशत दरले रु. ३५ लाख रुपैयाँ छुट गरेको थियो । 

    नयाँ आर्थिक वर्षको शुरुवातसंगै बैंकले कोभिड–१९ वाट प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन र उद्यमशीलता विकास गर्ने उद्देश्यले साना तथा मझौला उद्योग व्यवसाय कर्जा, कृषि कर्जा तथा व्यक्तिगत घर कर्जा बार्षिक ९.५० प्रतिशतमा प्रवाह गर्नेे बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । त्यस्तै अन्य कर्जाहरुमा समेत अत्यन्त प्रतिष्पर्धी ब्याजदर कायम गरी अर्थतन्त्रमा योगदान पुराउने दावी बैंकले गरेकोे छ । 

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक प्रदेश ५ को बुटवलमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको विकास बैंक हो । 

    बैंकको हाल जारी तथा चुक्ता पूँजी ३ अर्ब १ करोड रहेको छ भने बैंकले प्रदेश ५, बागमती प्रदेश र गण्डकी प्रदेशमा गरी ६९ वटा शाखा कार्यालय १ वटा एक्सटेन्सन कार्यालय मार्फत बैंकिङ्ग कारोवार गरिरहेको छ । निकट भविष्यमा बैंकले देशभर शाखा सञ्जाल विस्तार गर्ने प्रक्रियामा रहेको जानकारी गराएको छ ।