२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

साई ग्लोबल एकेडेमीमा नयाँ नेतृत्व

अध्यक्षमा बस्नेत, प्रबन्ध निर्देशकमा अमात्य र सदस्य-सचिवमा भट्टराई

शुक्रवार , कार्तिक १४, २०७७

  • 13.0K
    Shares
  • 13.0K
    Shares
  • भैरहवा, १४ कार्तिक ।
    साई ग्लोबल एकेडेमी साई ग्लोबल सेकेण्डरी स्कूल एवं कलेज सिद्धार्थनगर–८, रुपन्देहीको १८ औं वार्षिक साधारणसभा तथा ९ औं अधिवेशन बिहीबार भैरहवामा सम्पन्न भएको छ ।

    अधिवेशनले लाल बहादुर बस्नेतको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको छ । एकेडेमीको प्रबन्ध निर्देशकमा दिनेश मान अमात्य र सदस्य-सचिव एवं प्राचार्यमा दिपेश भट्टराई रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा दिनेश कुमार मिश्रा, केशव शर्मा बेलबासे, मनिराम भुषाल, सरोज कमल श्रेष्ठ, कृष्ण मोहन कोहार र चन्द्र प्रकाश उपाध्याय रहेको प्रबन्ध निर्देशक अमात्यले जानकारी दिए ।