२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कांग्रेस नेता धितालको निधन

शनिवार , कार्तिक १५, २०७७

बुटवल, १५ कार्तिक । 
नेपाली कांग्रेस रुपन्देहीका नेता, पूर्व जिल्ला विकास समिति रुपन्देहीका सभापति एवं कांग्रेस जेष्ठ राजनितिज्ञ सभाका सदस्य विजय प्रसाद धितालको निधन भएको छ । धितालको ७९ वर्षको उमेरमा उपचारका क्रममा गएराती काठमाडौंमा निधन भएको हो । उनको निधनप्रति नेपाली कांग्रेस रुपन्देहीले गहिरो दुख व्यक्त गरेको छ । 

पार्टी जिल्ला सभापति अब्दुल रज्जाकले एक विज्ञप्ती जारी गर्दै रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ निवासी नेता धितालले लोकतान्त्रिक आन्दोलन, पार्टी संगठन र समाजसेवमा पुर्याउनु भएको योगदानको सदैव कदर गर्ने उल्लेख गरेका छन् ।

‘आफ्नो सम्पूर्ण उर्जाशिल जीवन नेपालको प्रजातान्त्रिक, लोकतान्त्रिक आन्दोलनमा व्यतित गर्नु भएका धितालको निधन भएको शोकको यो घडीमा सम्पूर्ण परिवारमा धैर्यधारणको कामना गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौं, विज्ञप्तीमा भनिएको छ । 

नेता धितालको योगदानको उच्च कदर गर्दै तीन दिनसम्म पार्टी कार्यालय बन्द गर्ने, पार्टीको झण्डा आधा झुकाउने र तीन दिनसम्म पार्टीका कुनै पनि औपचारिक कार्यक्रमहरु नगर्ने कांग्रेस रुपन्देहीले जनाएको छ ।  स्वर्गीय धितालका श्रीमती एक छोरा र एक छोरी छन् ।