२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

‘रोटरीले अनुशासन र सामाजिक उत्तरदायित्व सिकायो’

शनिवार , कार्तिक १५, २०७७

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • बुटवल, १५ कार्तिक ।
    रोटरी क्लब अफ बुटवलको १३३६ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । शनिबारको बैठकमा चाटैड एकाउन्टेन्ट छविलाल पोखरेलको क्लासिफिकेशन रहेको थियो ।

    त्यस अवसरमा उनले रोटरीले अनुशासन र सामाजिक उत्तरदायित्व सिकाएको र त्यसबाट आफू प्रभावित भएको बताए । विभिन्न बैंक, सहकारी संस्था, सरकारी तथा गैरसरकारी संस्थाहरुको लेखापरीक्षणको अनुभव हासिल गरेका पोखरेलले जसले बढी कर तिर्छ, उसैलाई सरकारले धेरै दुःख दिने परिपाटीले नेपालमा व्यसायीले कर छलि गर्ने प्रवृत्ति देखिएको बताए । बढी कर तिरेमा बढी सुविधा पाइन्छ भन्ने धारणाको विकास गर्नु सरकारको दायित्व रहेको उनले बताए ।

    रोटरी क्लब अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा आयोजित भर्चुअल बैठकमा प्रेसिडेन्ट इलेक्ट डा. ताराप्रसाद उपाध्याय, सचिव रोम शर्मा, सह–सचिव शिव कुमार ज्ञवाली, पुर्व अध्यक्ष राजेन्द्र ध्वजू, क्लव मेन्टर तथा पुर्व अध्यक्ष कृष्ण प्रसाद अर्याल, रोटरीयनहरु, गोपाल बस्याल मणिरत्न पाण्डेय लगायतले विभिन्न जिज्ञासा राखेका थिए ।

    बैठकमा रोटरीयनहरु जिवकान्त काफ्ले, सोनाली गुरुङ, संगीता अर्याल लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।