
वडा नम्बर १२ विजयी
बुधवार , चैत्र ९, २०७८
बुटवल, ९ चैत ।
बुटवलमा जारी १६ औ मनमोहन स्मृति वडास्तरीय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता–२०७८ को मंगलबार भएको खेलमा वडा नम्बर १२ विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा जारी प्रतियोगितामा ट्राईबेकरमा वडा नम्बर ३ लाई ४–३ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो।
सिद्धेश्वर खेल मैदानमा भएको खेलमा निर्धारित समयमा गोलरहित बराबर भएपछि खेल ट्राईबेकरमा गएको थियो । खेलमा वडा नम्बर ३ का खेलाडीको प्रहारलाई वडा नम्बर १२ का गोलकिपर नवीन छन्त्यालले बिफल पारिदिएका थिए । उनी खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको उपाधि विजेताले नगद ६० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टीमलाई नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताए । बुधबार बिहान वडा नम्बर ५ र ६ का बीचमा खेल हुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij