२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

‘योगदान राष्ट्रको लागि’ रुपन्देही जिल्ला कार्यसमिति गठन

आइतवार , कार्तिक १६, २०७७

  • 6.7K
    Shares
  • 6.7K
    Shares
  • भैरहवा, १६ कार्तिक । 
    ‘योगदान राष्ट्रको लागि’ नामक सामाजिक संस्थाको रुपन्देही जिल्ला कार्यसमिति गठन भएको छ । बुटवलमा सम्पन्न कार्यक्रममा मेघराज अर्यालको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । जसको उपाध्यक्षमा जय कुमार यादव, सचिवमा भरत पौडेल, कोषाध्यक्षमा रुपा रसाइली र सह–सचिवमा राम प्रकाश पाण्डे रहेका छन् । त्यस्तै सदस्यहरुमा मोहम्मद अयुब, मनिषा भुसाल, विशाल भुसाल, दिपक जैसी, सरस्वती कार्की, कोपिल देव ज्ञवाली, रुपेन्द्र अधिकारी, कुसुम रिसाल, संजय चौधरी, किरण काफ्ले, पार्वती बुढाथोकी क्षेत्री, प्रवेश कुमार कर्ण, कुलचन्द्र लोध र मनोज भण्डारी रहेका छन् ।

    शुभकामना आदानप्रदान, जिल्ला समिति गठन तथा सदस्यता वितरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मेघराज अर्यालले दैविक प्रकोप, प्राथमिक उपचार तथा विपद् व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्ने तथा सुविधासम्पन्न एम्बुलेन्स सेवा संचालनमा ल्याउने संस्थाको मुख्य उद्देश्य रहेको बताए । ‘प्राथमिक उपचार हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ स्थापितसंस्थाले अन्य सामाजिक संघ–संस्थासंग पनि सहकार्य गर्दै जाने अर्यालले बताए । जिल्लाभरीका स्थानीय तहसंग छिट्टै परिचयात्मक कार्यक्रम आयोजना गर्ने उनले बताए ।

    संस्थालाई सम्पूर्ण बुद्धिजीवी, सामाजिक अभियन्ता, उद्योगी, व्यवसायी, राजनीतिक दल तथा सर्वसाधारणको सहयोग रहने कुरामा आफू विश्वस्त उनको भनाइ थियो ।