२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाले मनायो १७ औं स्थापना दिवस

सोमवार , चैत्र १४, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, १४ चैत ।
    नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाले आफ्नो १७ औं स्थापना दिवस भैरहवास्थित भीम अस्पतालमा ३० जना बिरामीहरुलाई फलफूल तथा पोसिलो खाद्यान्न सामग्री वितरण गरी मनाएको छ ।

    रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीका उपसभापति दीपक क्षेत्री न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाका निर्वतमान सभापति संजीव शर्मा रेग्मी, भीम अस्पतालका इमरजेन्सी इञ्चार्ज गोपाल उपाध्याय, लुम्बिनी प्रदेश कराँते संघका अध्यक्ष भरत बहादुर के. सी. ले शुभकामना मन्तव्य राखेका थिए ।

    277118913_484443026662512_8593006285539157530_n.jpg

    रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखा सभापति बसन्त कुमार लाल कर्णको अध्यक्षता, उपसचिव सीता भट्टराईको स्वागत, कार्यसमिति सदस्य विनिता श्रेष्ठको आस्था पाठ तथा सचिव राजेश जि.सी.को सञ्चालनमा सम्पन्न कार्यक्रममा उपकोषाध्यक्ष खगेन्द्र प्रसाद शर्मा , कार्य समिति सदस्य मनोज अग्रवाल, रत्नेश कुमार मल्लिकको उपस्थिति रहेको कार्यक्रम संयोजक तथा कोषाध्यक्ष रामप्रसाद सापकोटाले बताए ।