२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

रुपन्देहीमा आइतबार थपिए ९६ जना कोरोना संक्रमित

आइतवार , कार्तिक १६, २०७७

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, १६ कार्तिक । 
    रुपन्देहीमा आइतबार थप ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा २६ महिला र ७० जना पुरुष छन् ।

    स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार आइतबार बुटवल उपमहानगरपालिकाका ३४, सिद्धार्थनगर नगरपालिकाका २१, तिलोत्तमा नगरपालिकाका १४, शुद्धोधन गाउँपालिकाका ७, देवदह नगरपालिकाका १०, सैनामैना नगरपालिकाका ४, मायादेवी गाउँपालिकाका ३, ओमसतिया, सियारी र मर्चवारी गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

    यो संगै रुपन्देहीमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ हजार २ सय ७० पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए । जिल्लामा ४ हजार ४ सय ७४ कोरोना संक्रमित निको भइसकेका छन् भने १ हजार ७ सय २२ संक्रमित उपचाररत छन् । 

    स्वास्थ्य कार्यालयका अनुसार रुपन्देहीमा हालसम्म ७४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।