images

सोमवार, बैशाख २४ गते २०८१

ड्रयागन फ्रुट बेच्न व्यस्त पूर्व पर्यटनमन्त्री विष्ट

ड्रयागन फ्रुट बेच्न व्यस्त पूर्व पर्यटनमन्त्री विष्ट

 कृषिमन्त्रीलाई ड्रयागन फ्रुट खान निम्तो

images
images
images
बुधवार, श्रावण ७ २०७७
बुधवार, श्रावण ७ २०७७
  • ड्रयागन फ्रुट बेच्न व्यस्त पूर्व पर्यटनमन्त्री विष्ट


      
    दाङ, ८ साउन ।
    यतिबेला दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ विजौरी नजिकको स्थानमा घोराही तुल्सीपुर आवतजावत गर्ने मानिसहरु एकछिन भए पनि सवारीसाधन रोकेर नजर लगाई सेल्फि खिचेर जान्छन् । साँच्चिकै भन्ने हो भने कृषि पर्यटनका रुपमा चिनिन थालेको जस्तो देखिन्छ । 

    images
    images
    images

    मन्त्री भइसकेका व्यक्तिको हातमा गैती, फरुवा, हसिया, कैची हुन्छ  । अचेल भने उनलाई ड्रयागन फलेका कारण विक्री वितरणमै व्यस्त छन् । फर्ममा आएका व्यक्तिहरुलाई ड्रयागन बारेमा जानकारी दिने, सेल्फी खिच्ने, फल टिप्न नै उनी व्यस्त छन् । उनी आफूलाई पूर्व मन्त्रीभन्दा एउटा किसानका रुपमा चिनाउन चाहन्छन् ।

    पूर्व पर्यटनमन्त्री लोकेन्द्र विष्ट कालो धान र ड्रयागनको पर्यायजस्तै  बनेका छन् । कालो धानबाट किसानी यात्रा सुरु गरेका विष्ट अचेल ड्रयागन खेती विस्तारमा व्यस्त छन् । केही गरौ, नयाँ गरौ भन्ने सोच छ विष्टसंग तर त्यसका लागि आवश्यक रकम र जमिन पाउन कठिन रहेको विष्ट बताउँछन ।  

    ड्रयागन खेती विस्तारका कारण दुई वर्ष कालो धानको व्यवसायिक रुपमा उनले अघि बढाउन सकेका छैनन् । यो वर्ष विउका लागि मात्रै कालो धानको खेती गरेका छन् भने आगामी वर्षदेखि उनी पाँच–सात बिगाहा क्षेत्रफलमै कालो धानको व्यवसायिक रुपमै खेती गर्ने योजनामा छन् । कालो धानको चामलको बजार मूल्य प्रतिकेजी पाँच सय रहेको छ । यता ड्रयागनको मूल्य भने प्रतिकेजी सेतोको सात सय र राताको आठ सय रहेको छ ।

    पूर्व पर्यटनमन्त्री लोकेन्द्र विष्टले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मैरवामा ६४ कठ्ठा जग्गामा रोपेको ड्रयागन फ्रुट पहिलो लटमा फलेको फल धेरैजसो सेवाग्राही बोट मात्रै हेरेर फर्किए । फर्मबाट उत्पादन भएका फलले बजार नपाउँला भन्ने चिन्ता नै नरहेको विष्ट बताउँछन् । ‘पहिलो पटक पाकेको फल किन्न आउनभुएका धेरैजसो सेवाग्राही रित्तो हात फर्कनुभयो अब भनेँ रित्तो हात फर्कनु पर्दैन पहिलाभन्दा दोस्रो चरणमा फल बढी छ विष्टले भने’।  

    बन्दाबन्दीका कारण फर्मभित्र मजदूरबाहेक अन्यलाई प्रवेश निषेध गरिएको थियो । पहिलो पटक ३ क्वीन्टल विक्री भएको थियो भने दोस्रो पटक पनि डेढ क्वीन्टल विक्री गरिसकेको विष्ट बताउनुहुन्छ । सात हजार विरुवामध्ये तीन हजार विरुवाले फल दिन सुरु गरिसकेका छन् । एउटा विरुवाले एक वर्षमा पाँच पटकसम्म फल दिने गर्दछ । 

    लोकेन्द्र विष्टसहित तीन जनाको लगानीमा सुरु गरिएकोे फर्ममा काम अनुसार दैनिक पाँचदेखि २५ जनासम्म मजदूरले दैनिक ज्यालादारीमा काम गर्दै आएका छन् । १५ वर्षसम्म लिजमा ल्याएको जग्गाबाट उत्पादन भएको ड्रयागन फ्रुटबाट पाँच वर्षमा लगानी उठाउने र दश वर्षसम्म फाइदा लिने योजना बनाएको विष्ट बताउँछन् । वार्षिक रुपमा जग्गा लिजमा ल्याए वापत् तीन लाख भाडा रहेको छ । 

    फल मात्रै होइन ड्रयागनका विरुवा समेत विक्री वितरण भइरहेका छन् । रातो प्रजाति विरुवाको मूल्य प्रति ओटा तीन सय रहेको छ भने सेतोको प्रतिओटा मूल्य दुई सय रहेको छ । हालसम्म चार हजार ड्रयागनका बिरुवा विक्री भइसकेका छन् भने ८ हजार नर्सरीमै रहेका छन् । 

    109635519_2648498652085591_8414664927540606851_n.jpgविष्टको ड्रयागन फर्ममा नेता, संसद, जनप्रतिनिधि, किसान, विद्यार्थी, व्यापारी सबै पुगेकै हुन्छन् । सरकारले किसानलाई नगद अनुदान दिनु भन्दा संरचना, मल, बिउ, दिनुपर्ने उनकोे धारणा रहेको छ । 

    कृषिमन्त्री घनश्याम भुसाललाई दाङमा ड्रयागन खान निम्तो समेत दिएका विष्टले किसान सरकारसंग होइन किसान सरकारको घरदैलोसम्म पुग्न कृषिमन्त्री भुसाललाई सल्लाह सुझाव समेत दिएको बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij