
बिहिवार , चैत्र १७, २०७८
काठमाडौँ, १७ चैत। त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई जीतका लागि २०४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०३ रनको योगफल बनायो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ६६ रनको योगदान दिए। तेत्तीस बल खेलेका उनले तीन चौका र चार छक्काको मद्दतमा ६६ रन बनाएका हुन्।
त्यसैगरी रोहित पौडेलले ४१, आशिफ शेखले ३८, मोहमद आदिलले ३१, कुशल भुर्तेलले १७, आरिफ शेखले दुई तथा करण केसीले एक रन जोडे ।बलिङमा पपुवा न्यूगिनीका काबुआ मोरेआले तीन विकेट लिए भने राइली हेकुरेले दुई विकेट झारे। त्यस्तै नोर्मान आनुअ र नोसैना पोकनाले समान एक÷एक विकेट लिए।
उक्त सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले हराएको थियो भने दोस्रो खेलमा मलेसियालाई छ विकेटले हराएको थियो। नेपाल दई खेलमा लगातार जीतसहित चार अङ्क जोडेर अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ। समान दुई खेल खेलेको पपुवा न्युगिनी दुवै खेलमा पराजित हुँदै अङ्कविहीन रहेको छ। त्यस्तै मलेसिया दुई खेलमा एक जीतसहित दुई अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ। पपुवा न्युगिनी अन्तिम स्थानमा छ। रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij