२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

स्पोर्ट्स एकेडेमी रुपन्देहीमा मणी भण्डारी 

शनिवार , चैत्र १९, २०७८

बुटवल, १९ चैत ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देहीको अध्यक्षमा मणी भण्डारी चयन भएका छन् । उपाध्यक्षमा गोरे अली, सचिवमा गंगाराम सुनार, सह–सचिवमा सरिता राना र कोषाध्यक्षमा युवराज काफ्ले चयन भएका छन् । 

शनिबार बुटवलमा भएको जिल्ला कमिटिको पाँचौ अधिवेशनले ७१ सदस्यीय कमिटी चयन गरेको छ । खेलकुदमा रुची राख्ने र जनताको बहुदलीय जनवादमा आस्था राख्ने युवाहरुलाई त्यसमा समेटिएको छ । निर्वाचित सबैलाई एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले सपथ ग्रहण गराए । ‘सबैका लागि खेलकुद’ भन्ने नारासहित मदन भण्डारी स्पोर्ट्स एकेडेमी स्थापना भएको हो ।

यसअघि एक कार्यक्रमकाबीच एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले  अधिवेशन उद्घाटन गरे । उनले खेलमार्फत युवालाई स्वस्थ, अनुशासित बनाउने र नेतृत्वमा ल्याउने अभियानका रुपमा एकेडेमी सफल भएको बताए । उनले युवा र खेलकुद देशको पहिचान भएको बताउँदै यसमा राज्यको लगानी बढाउनुपर्ने जनाए । सीपयुक्त खेलाडी उत्पादन गर्ने र खेलाडीलाई व्यवसायीकरण एकेडेमीको लक्ष्य रहेको उनले बताए । 

एकेडेमीका जिल्ला अध्यक्ष कृष्ण देवकोटाले आफ्नो कार्यकालको वार्षिक प्रगति पेश गर्दै युवाहरुलाई एकताबद्घ गराउँदै संस्थागत विकास गर्न सफल भएको बताए । सृजनशिल, बौद्धिक रुपमा युवाहरुलाई अगाडि बढाउन मद्दत मिल्ने उनले दावी गरे । सक्षम, सबल र अनुसासित खेलाडी उत्पादनमा सघाएको उनले बताए । 

कार्यक्रममा एकेडेमीका केन्द्रीय सचिव सुजु मल्ल, शक्ति बस्नेत, केन्द्रीय सदस्य अमृता अनमोल, नन्दु काउचा, पुरण गुरुड., विनोद आचार्य, साहित्य प्रतिष्ठानका अजित खनाल लगायतले शुभकामना दिदै खेलको माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा देशको पहिचान दिलाउन आग्रह गरे ।