images

आइतवार, बैशाख २३ गते २०८१

लायन्स बुटवल खस्यौलीको अध्यक्षमा कमल देवकोटा निर्वाचित

लायन्स बुटवल खस्यौलीको अध्यक्षमा कमल देवकोटा निर्वाचित

images
images
images
आइतवार, चैत्र २० २०७८
आइतवार, चैत्र २० २०७८
  • लायन्स बुटवल खस्यौलीको अध्यक्षमा कमल देवकोटा निर्वाचित

    बुटवल, २० चैत ।
    लायन्स क्लब अफ बुटवल खस्यौलीको अध्यक्षमा कमल देवकोटा निर्वाचित भएका छन् । क्लबको बुटवलमा सम्पन्न १३ औं अधिवेशनबाट आगामी लायन्स वर्ष २०२२÷०२३ को लागि देवकोटा निर्विरोध निर्वाचित भएका हुन् । आगामी कार्यकालको लागी प्रथम उपाध्यक्षमा मनोज पन्थ, द्वितीय उपाध्यक्षमा प्रेम प्रकाश श्रेष्ठ र तृतीय उपाध्यक्षमा विकास गौतम निर्वाचित भएका छन् । 

    images
    images
    images

    यस्तै मेम्बरसीप डाइरेक्टरमा सन्दिप पौडेल, क्लब मार्केटिङ्ग एण्ड कम्युनिकेशन चेयरपर्सनमा सुमन श्रेष्ठ, अन्तर्राष्ट्रिय निर्देशकमा अर्जुन क्षत्री, क्लब सर्भिस निर्देशकमा विजय पन्थ र एलसीआइएफ निर्देशकमा चिरन भण्डारी निर्वाचित भएका छन् । 
    क्लबको टेल टुइस्टरमा प्रज्जवल चौधरी, टेमरमा बैकुण्ठ अधिकारी, सह–सचिवमा धुव्र श्रेष्ठ र सह–कोषाध्यक्षमा कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । लायन्स अन्तर्राष्ट्रियमा सचिव तथा कोषाध्यक्ष निर्वाचित अध्यक्षले मनोनयन गर्ने प्रावधानअनुसार सचिवमा अनिल पौडेल र कोषाध्यक्षमा राजु खत्री मनोनित भएको निर्वाचन आयुक्त राजु पौडेलले जानकारी दिए ।

    क्लबका अध्यक्ष विष्णु प्रसाद उपाध्यायको अध्यक्षतामा भएको निर्वाचन कार्यक्रममा लायन्स जिल्ला ३२५ बी २ का रिजन ४५ चेयरपर्सन गोपाल प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रिजन चेयरपर्सन गोपाल प्रसाद पाण्डे, निर्वाचन आयुक्त राजु पौडेल, क्लबका पूर्व अध्यक्षहरु रितेश सिलवाल, बाबुराम बोहरा, सन्तोष कसौधन, गोपाल पाण्डे, ज्ञानु पुन, विकास अग्रवाल लगायतले शुभकामना दिएका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij