२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

उद्घोषक तथा नेतृत्व विकास तालिम

आइतवार , चैत्र २०, २०७८

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, २० चैत ।
    उद्योग व्यापार संगठन रुपन्देही (चेम्बर अफ कमर्श)रुपन्देही र उद्यमी महिला संगठन रुपन्देहीको आयोजनामा महिलाहरुका लागि एकदिने उद्घोषक तथा नेतृत्व विकास तालिम शनिबार भैरहवामा सम्पन्न भएको छ । महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा ५० जनाको सहभागिता रहेको संगठनले जनाएको छ ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले यो तालिमले महिलाहरुलाई आफ्नो आवाज कसरी बाहिर ल्याउने भन्ने सिकाएको बताए । उनले आगामी दिनमा महिलाहरुको लागि सीपमूलक तालिमहरु पनि सञ्चालन हुने बताए । 

    277704501_389917559338262_4674933298153290394_n.jpg

    उद्यमी महिला संगठन रुपन्देहीका अध्यक्ष विन्दु न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग व्यापार संगठन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठ, महासचिव सचिन रोक्का, सचिव लक्ष्मण भण्डारीको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रशिक्षक इन्दिरा खनालले प्रशिक्षण दिएकी थिइन् । उद्यमी महिला संगठन रुपन्देहीका सचिव कल्पना न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।