
आइतवार , चैत्र २०, २०७८
बुटवल, २० चैत ।
बुटवलमा जारी १६ औं मनमोहन स्मृति वडास्तरीय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता–२०७८ को उपाधिका लागि वडा नम्बर ८ र वडा नम्बर १७ को खेल हुने भएको छ । शनिबार भएको दोस्रो सेमीफाईनल खेलमा वडा नम्बर ८ ले वडा नम्बर ७ लाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेको हो ।
बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा सिद्धेश्वर खेल मैदानमा भएको खेलमा वडा नम्बर ८ का लोक पुन नायक रहे । उनले खेलको ४३ औ मिनेटमा शानदार गोल गर्दै टीमलाई अग्रता दिलाए । त्यसै गरी खेलको ५७ औं मिनेटमा प्रविन थापाले दोस्रो गोल गरे ।
खेलमा वडा नम्बर ८ का लोक पुन म्यान अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको उपाधि विजेताले नगद ६० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टीमलाई नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताए । त्यसै गरी विधागत रुपमा समेत खेलाडीहरुलाई पुरस्कृत गरिने छ । फाईनल खेल सोमबार हुने प्रचारप्रसार संयोजक गणेश बोहराले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij