२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

दिलिप तिवारीको नवौं स्मृति दिवसमा विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण

मंगलवार , चैत्र २२, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • बुटवल, २२ चैत ।
    दिलिप तिवारी स्मृति प्रतिष्ठानले बुटवल वडा नम्बर १५ स्थित श्री दुर्गा भवानी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । विद्यालयका प्रध्यानाध्यापक रिता थापालाई स्वर्गीय दिलिप तिवारीका बुवा बालकृष्ण तिवारी, आमा डोम कला तिवारी, दाजु नारायण तिवारी, लिला भण्डारी, पुर्ण चन्द्र तिवारी, रामप्रसाद बन्जाडे, ठाकुर प्रसाद आचार्य, कृष्ण अधिकारीले ६५ हजार रकम बराबरको शैक्षिक सामग्री हस्तान्तर गरेका हुन् ।

    विद्यालयमा अध्ययरनत ७० जना विद्यार्थीहरुलाई खाना समेत खुवाइएको नारायण तिवारीले बताए । अल्पायुमा मृत्यु भएका दिलिपको स्मृतिमा हरेक वर्ष विभिन्न सामाजिक संघ–संस्था, विपन्न, गरिबहरुलाई सहयोग गर्दै आएको उनले बताए । ‘प्रत्येक वर्ष हामीले सहयोग गर्दै आएका छौं, ’उनले भने। 

    एक जना एमबीबीएस अध्ययरत विद्यार्थीलाई निरन्तर छात्रवृत्ति वितरण, रुपन्देहीका विभिन्न अपांग आश्रम, वृद्धाश्रममा नगद तथा खाद्यान्न सहयोग गर्दै आएको उनले बताए । धुर्मुश सुन्तली फाउण्डेशनलाई ६५ हजार रुपैयाँ, मानव सेवा आश्रमलाई २५ हजार रुपैयाँ लगायतको रकम सहयोग गरेको उनले बताए ।