२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

जेसीआई सिद्धार्थद्वारा क्यान्सरपीडितलाई सहयोग

बुधवार , चैत्र २३, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, २३ चैत । 
    जेसीआई सिद्धार्थ, नेपालले क्यान्सरपीडितलाई आर्थिक सहयोग गरेको छ । वर्ष २०२२ को सातौं कार्यक्रम अन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया निवासी चन्द्रमा कुमार दाहाललाई नगद रु. २५ हजार हस्तान्तरण गरिएको कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष अर्जुन कुंवरले बताए ।

    जेसीआई सिद्धार्थ वर्ष २०२२ का अध्यक्ष कमल जि.सी.को अध्यक्षता तथा वर्ष २०१५ का अध्यक्ष संगम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जेसीआई सिद्धार्थ पूर्व अध्यक्षहरु, साधारण सदस्हहरु, पर्यवेक्षक सदस्यहरु बोर्डका पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२२ का महासचिव लोकमणि भट्टराईले गरेका थिए ।