
मंगलवार , कार्तिक १८, २०७७
भैरहवा, १८ कार्तिक ।
भ्रष्टाचारविरुद्ध क्रियाशिल संस्था बागेश्वरी असल शासन क्लब (बास)ले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा शाखा विस्तार गरेको छ । नवलपरासीमा सम्पन्न भेलाले उषा सिंह केसीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला शाखा गठन गरेको छ ।
शाखाको उपाध्यक्षमा उषा गुरुङ्ग, सचिवमा ज्ञान प्रकाश यादव, कोषाध्यक्षमा बसन्ती क्षेत्री र सह–सचिवमा तिर्थराज शर्मा ढुंगाना रहेका छन् । त्यस्तै सदस्यहरुमा अजय पटेल, राज कुमार गुप्ता, भागिरथी पाल र साधना शर्मा ढुंगाना रहेका छन् ।
नवलपरासीमा शाखा गठन भएसंगै अब नेपालका ७४ जिल्लामा बासको शाखा विस्तार भएको बासका पूर्व केन्द्रीय सदस्य तथा रुपन्देहीका निर्देशक विजया खत्रीले बताइन् । कार्यक्रममा बोल्दै खत्रीले भ्रष्टाचारविरुद्धको अभियानलाई देशव्यापी रुपमा अगाडी बढाइरहेको बासको अभियानलाई नवगठित शाखा पदाधिकारीहरुले जिल्लामा सशक्त रुपमा अगाडी बढाउने विश्वास व्यक्त गरिन् । भ्रष्टाचारविरुद्ध युवा परिचालन गरी जिल्लामा सुशासन कायम गर्न उनले आग्रह गरिन् ।
बास नवलपरासीका अध्यक्ष उषा सिंह केसीले सुशासनको अभियानलाई सशक्त रुपमा अगाडी बढाउने बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij