
शुक्रवार , चैत्र २५, २०७८
बुटवल, २५ चैत ।
भूपू जवई स्पोर्टिङ्ग क्लब बेलबासको आयोजनामा शुक्रबारदेखि सेभेन ए साईड भेट्रान्स कप फुटबल प्रतियोगिता सुरु भएको छ । वैशाख १ गते क्लबको स्थापना दिवसको अवसरमा आयोजनामा गरिएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भूपु सैनिक भेट्रान क्लब रातो विजयी भएको छ ।
पाहुना टोली कपिलवस्तु भेट्रान्सलाइ आयोजकले ५–० ले पाखा लगाएको छ । यस्तै भोलि बिहान पहिलो खेल गोर्खा ब्वाइज बुटवल र सुनवल भेट्रान्सकाबीच हुनेछ भने दोस्रो खेल रानीबगिया भेट्रान्स सैनामैना र भूपू गोर्खा भेट्रान्सकाबीच प्रतिष्पर्धा हुने क्लबले जनाएको छ ।
कार्यक्रमको उद्घाटन वडा नम्बर १३ का वडा अध्यक्ष नारायण पुनले गरेका थिए भने कार्यक्रममा जिल्ला खेलकूद विकास समिति रूपन्देहीका पूर्व अध्यक्ष राजु गुरुङ, जिल्ला फुटबल सघका अध्यक्ष कुमार केसी, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष योग गुरुङ्ग लगायतले बोल्दै भेट्रान्स कपले पुराना पुस्ताका खेलाडीहरुमा थप नयाँ जोस जागर पैदा गर्ने बताएका थिए । क्लबका अध्यक्ष गोपीराम पुनको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष खेमानसिंह रानाको स्वागत तथा एकु थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij