२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

पूर्वसभामुख महराकी पत्नीको निधन

बुधवार , कार्तिक १९, २०७७

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • काठमाडौं, १९ कार्तिक ।

    पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ६ः२५ बजे उनको निधन भएको हो ।

    गएको दशैंमा पुख्र्यौली घर रोल्पाको मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि र निमोनिया पनि देखिएपछि उनलाई १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

    नर्भिक अस्पतालमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ समेत देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार बिहान ६ः२५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन् ।