२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

राष्ट्रिय महिला बिच भलिबलको उपाधि पुलिस क्लबलाई

आइतवार , चैत्र २७, २०७८

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • पाल्पा, २७ चैत ।
    तानसेनमा सञ्चालित सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनल खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई २-० को सोझो सेटमा पराजित गरी उपाधि जितेको हो ।

    पुलिसले लुम्बिनीलाई २१-८ र २१-१७ ले पराजित गर्यो । नेपाल पुलिसकी कमला पुन र मनिषा चौधरीले लुम्बिनी प्रदेशकी भावना डाँगी र सरस्वती कट्टेलको जोडीलाई पराजित गरेको हो । उपाधिसँगै पुलिसले रु एक लाख र उपविजेता लुम्बिनीले रु ५० हजार नगद प्राप्त गरेका छन् । सञ्जय स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा दुई विभागीय टोली पुलिस, एपिएफ र सात प्रदेशका टोली सहभागी थिए । 

    प्रतियोगिताको समापनका अवसरमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले रानीमहल महिला बिच भलिबलको गन्तव्यका रूपमा विकास गरिनुपर्ने बताएका छन् । उनले भने, “रानीमहल परिसरलाई महिला बिच भलिबलका रूपमा विकास गरी पर्यटन प्रर्वद्धन गर्न आवश्यक छ ।” 

    सो अवसरमा पूर्वगभर्नर नेपाल, सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्ष निरोज मास्के, नायक धिरेन शाक्य लगायतले जिल्लाका दुई राष्ट्रिय खेलाडीलाई सम्मान गरेका थिए । रासस