images

शुक्रवार, चैत्र १६ गते २०८०

एक अर्ब बढीको लागतमा रुपन्देहीमा खुल्यो एन.जी. मार्केट

एक अर्ब बढीको लागतमा रुपन्देहीमा खुल्यो एन.जी. मार्केट

images
images
images
आइतवार, चैत्र २७ २०७८
आइतवार, चैत्र २७ २०७८
  • एक अर्ब बढीको लागतमा रुपन्देहीमा खुल्यो एन.जी. मार्केट

    भैरहवा, २७ चैत ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राममा एक अर्ब बढीको लागतमा एन जी मार्केट खुलेको छ । आई.एन. जी. ए सपिड. कम्प्लेक्स प्रा.लि.ले मार्केट सञ्चालनमा ल्याएको प्रा.लि.का अध्यक्ष नारायण बन्जाडेले जानकारी दिए । 

    images
    images
    images

    तिलोतमा नगरपालिका वडा नम्बर ५ स्थित राधाकृष्ण टोलमा सञ्चालनमा आएको मार्केट वैशाख १ गतेदेखि औपचारिक सुरु हुनेछ । तीन चरणमा सञ्चालन हुने मार्केटमा पहिलो चरणमा वैशाख १ गतेदेखि घरायसी सामानहरु खाद्यान्न, लत्ताकपडा, लगायत आवश्यक सम्पूर्ण समानहरु रहेको अध्यक्ष नारायण बन्जाडेले जानकारी दिए । साथै एकै पटक चार सय जनाले सेवा लिन सक्ने रेष्टुरेण्ट पनि सञ्चालनमा आउनेछ । 

    दोसो चरणमा लेडिज तथा जेन्सहरुका लागी आवश्यक बुटिकका सामानहरुदेखि लिएर लेजिड एण्ड जेन्स पार्लर, कस्मेटिक लगायतका पसलहरु रहेको मार्केट सञ्चालनमा आउनेछ । यो मार्केट वैशाखको अन्त्यमा सञ्चालनमा आउनेछ । 

    तेस्रो चरणमा घर, होटल, अफिस लगायतका स्थानहरुमा आवश्यक पर्ने फर्निचरका समानहरुको सोरुमको शुभारम्भ गर्ने तयारी रहेको प्रा.लि.का अध्यक्ष नारायण बन्जाडेले बताए । तेस्रो फनिचर सोरुम सञ्चालनमा आउन थप ३ महिना लाग्ने उनले बताए ।
    वैशाख १ गतेबाट अनौपचारिक रुपमा मार्केट सञ्चालनमा आए पनि यसको समुद्घाटन कार्यक्रम भने मार्केट पूर्ण रुपमा सञ्चालनमा आएपछि गरिने प्रा.लि.का अध्यक्ष बन्जाडेले बताए । 

    एकै छानामुनी सबै प्रकारका समानहरु पाइने यो नेपालकै ठुलो मार्केट रहेको उनले दावी गरे । दुई लाख स्क्वारफुट क्षेत्रफल रहेकोमा ८० हजार स्क्वारफुट क्षेत्रफलमा मार्केट रहेको छ । ८० हजार स्क्वायर फुट क्षेत्रफलमा फैलिएको यो नै पहिलो मार्केट रहेको उनले दावी गरे । मार्केट फुलफेजमा सञ्चालनमा आउँदा २ सय जनाले रोजगारी पाउने उनले बताए । 

    ng 1.jpg

    हाल मार्केटमा एक सय जनाले रोजगारी पाएका छन् । मार्केटबाट ग्राहकले घरमै बसी बसी सुविधा लिन सक्ने बन्जाडेले बताए । कम्पनीले घर घरमै पुगेर पनि सेवा दिने गरी काम गर्न गइरहेको उनले बताए ।  

    एउटै छानामुनी रहेको यो मार्केट जिल्लाको लागि एउटा साईट सिन पनि बन्न सक्ने उनले दावी गरे । विभिन्न जिल्लाहरुबाट अवलोकन भ्रमणका लागी आउने आन्तरिक पर्यटकहरुका लागि अवलोकन गर्न मिल्ने खालको मार्केट बनेको उनले बताए । 
    ‘एकै ठाउँमा एकै तलामा यति ठुलो मार्केट नेपालमा छैन, ’उनले भने । तसर्थ रुपन्देही घुम्न आउनेहरु यहाँसम्म एक पटक आउने गन्तव्य बन्न सक्छ । मार्केटमा आएर खरिद गर्नु नै पर्दछ भन्ने पनि छैन, व्यापार गर्न चाहनेहरुका लागि सिक्ने अवसर पनि बन्ने उनले बताए ।

    ng 4.jpg

    सिद्धार्थ राजमार्गको भैरहवा बुटवल सडकखण्ड अन्तर्गत मणिग्राममा हाईवेसंग जोडिएको एन जी मार्केट एक अर्ब बढीको लगानीमा सञ्चालनमा आएको प्रा.लि.का अध्यक्ष नारायण बन्जाडेले बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij