२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

रोहिणीमा निःशुल्क आँखा शिविर, ३१४ जनाको आँखा परीक्षण

सोमवार , चैत्र २८, २०७८

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, २८ चैत ।
    रोहिणी फाउण्डेशन अफ नेपाल, रुपन्देहीको आयोजनामा सोमबार रोहिणी गाउँपालिका–४ स्थित पकडिहवामा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । पकडिहवास्थित श्री भविष्य उज्जवल आधारभूत विद्यालयमा शिविर सम्पन्न भएको हो ।

    277942446_327555266109609_960672273527892099_n.jpg

    शिविरमा ३१४ जना बालबालिकाको आँखा परीक्षण गरिएको रोहिणी फाउण्डेशन अफ नेपाल, रुपन्देहीका अध्यक्ष इन्द्रजित कुमार रायले बताए ।

    फाउण्डेशनका अध्यक्ष इन्द्रजित कुमार रायको अध्यक्षता, रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिशचन्द्र चौधरी, विद्यालयका प्रअ धनेश्वर कुंवर, सुनिल कौशल, दिनेश यादवको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।