२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

नदीमा डुबेर रुपन्देहीमा १५ महिने बालकको मृत्यु

बुधवार , कार्तिक १९, २०७७

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • भैरहवा, १९ कार्तिक । 
    रुपन्देहीको दानव नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । नदीमा डुबेर रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ बेलबासका रेसम बुढा मगरको १५ महिने छोरा संगित बुढा मगरको बुधबार मृत्यु भएको हो ।

    दानव नदीको पानीमा घोप्टो अचेत अवस्थामा बालकलाई आफन्तले फेला पारी बुटवलस्थित लुम्बिनी नर्सिङ होममा लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) खड्क बहादुर खत्रीले जानकारी दिए ।