images

शुक्रवार, बैशाख १४ गते २०८१

लुम्बिनी क्योकुशिन कराते–डो संघ बज्र रुपन्देहीद्वारा क्यालेण्डर विमोचन

लुम्बिनी क्योकुशिन कराते–डो संघ बज्र रुपन्देहीद्वारा क्यालेण्डर विमोचन

images
images
images
बिहिवार, बैशाख १ २०७९
बिहिवार, बैशाख १ २०७९
  • लुम्बिनी क्योकुशिन कराते–डो संघ बज्र रुपन्देहीद्वारा क्यालेण्डर विमोचन

    भैरहवा, १ वैशाख ।
    लुम्बिनी क्योकुशिन कराते–डो संघ बज्र रुपन्देहीले नयाँ वर्ष २०७९ सालको भित्तेपात्रो (क्यालेण्डर) विमोचन तथा शुभकामना आदानप्रदान बिहीबार भैरहवामा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दीपेन्द्र ढकालले स्वस्थ शरीर नहुँदासम्म स्वस्थ मस्तिष्क हुन नसक्ने बताए । उनले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप र खेलकुद आवश्यक रहेको बताए । ‘जीवनका लागि सन्तुलित आहार, सक्रिय जीवन र आरामको आवश्यकता पर्छ, ’ढकालले भने । 

    images

    नेपाल कराते महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा लुम्बिनी क्योकुशिन कराते–डो संघ बज्र रुपन्देहीका सल्लाहकार भरत बहादुर के.सी.ले पञ्चायत कालमा कराते खेललाई रोक लगाइएको बताए । उनले खेल, शिक्षा एक अर्काका परिपुरक भएको बताए । शिक्षा, खेलकुदलाई संगसंगै लैजानुपर्ने उनको भनाइ थियो । करातेले व्यक्तिलाई स्वस्थ बनाउने उनले बताए । क्योकुशिन कराते संघ जेठो कराते संघ भएको उनले बताए ।

    समाजसेवी तथा लुम्बिनी क्योकुशिन कराते–डो संघ बज्र रुपन्देहीका सल्लाहकार टिपु सुल्तानले कराते संघलाई अगाडी बढाउन आफ्नो तर्फबाट सहयोग गर्ने बताए ।

    लुम्बिनी क्योकुशिन कराते–डो संघ बज्र रुपन्देहीका अध्यक्ष करुणानिधि त्रिपाठीले क्योकुशिन कराते–डो संघको छुट्टै इतिहास भएको बताए । उनले संघले उत्कृष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको बताए । उनले संघले विभिन्न खेलकुद गतिविधि गर्दै आएको बताए । उनले भने, ‘विद्यालयले खेलकुद क्षेत्रमा चासो दिन आवश्यक छ ।’

    संघका अध्यक्ष करुणानिधि त्रिपाठीको अध्यक्षता, सचिव दिलिप यादवको स्वागत तथा अनुराग पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij