२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

लायन्स बुटवल खस्यौलीद्वारा झोला वितरण तथा मास्क बैंक स्थापना 

शुक्रवार , बैशाख २, २०७९

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • बुटवल, २ वैशाख ।
    लायन्स क्लब अफ बुटवल खस्यौलीले रुपन्देहीेको सियारी गाउँपालिकामा अवस्थित सिद्ध आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय झोला वितरण गरेको छ । क्लबले सो अवसरमा विद्यालयमा मास्क बैंक समेत स्थापना गरेको छ । 
    नयाँ वर्षको अवसर पारेर सो विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुको लागि भविष्य बोक्ने झोला वितरण तथा कोरोनाको जोखिमबाट बालबालिकाहरु सुरक्षित रहन सकुने भन्दै विद्यालयमा मास्क बैंक स्थापना गरिएको कार्यक्रम संयोजक बैकुण्ठ अधिकारीले जानकारी दिए । 

    क्लबका अध्यक्ष विष्णु प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा क्लबले विद्यालयमा अध्ययन गर्ने ४५ जना विपन्न बालबालिकालाई झोला वितरण गर्नुका साथै विद्यालयलाई ३ हजार ५ सय थान मास्क प्रदान गरेको छ । युनिसेफ नेपाल र नेपााल स्काउट लुम्बिनी प्रदेशको सहयोगमा कोभिड–१९ संक्रमण रोकथामका लागि मास्क सुनिश्चितता अभियान अन्र्तगत विद्यालयमा मास्क बैंकको समेत स्थापना गरिएको अध्यक्ष उपाध्यायले बताए । 

    लायन्स जिल्ला ३२५ बी २ का रिजन ४५ का चेयरपर्सन गोपाल प्रसाद पाण्डेको प्रमुख आतिथ्यता, सिरायी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष थमन बहादुर पौडेलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण पोख्रेल, लक्ष्मण भट्टराई, प्रेम पन्थी, विद्यालयका प्रधानाध्यापक राम अचल यादव लगायतले बोलेका थिए । कार्यक्रम संयोजक बैकुण्ठ अधिकारीको स्वागत तथा सचिव विकास गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो ।