images

शुक्रवार, बैशाख १४ गते २०८१

प्रो क्रिकेटमा उत्तर प्रदेश तेस्रो, एपीएफ पाँचौ 

प्रो क्रिकेटमा उत्तर प्रदेश तेस्रो, एपीएफ पाँचौ 

images
images
images
शुक्रवार, बैशाख २ २०७९
शुक्रवार, बैशाख २ २०७९
  • प्रो क्रिकेटमा उत्तर प्रदेश तेस्रो, एपीएफ पाँचौ 

    रुपन्देही, २ वैशाख ।
    विश्व क्रिकेटका महारथी अष्ट्रेलियन क्रिकेटर स्वर्गीय सेन वार्नलाई स्मरणमा आयोजना गरिएको प्रो–क्लब च्याम्पियनसीप क्रिकेटमा उत्तर प्रदेश क्लब–११ तेस्रो स्थान हासिल गरेको छ । जोरा इन्टरनेशनल प्रा.लि.को आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा शुक्रबार भएको प्रतियोगितामा नेपाल आर्मी क्लबलाई ३० रनले पराजित गर्दै उत्तर प्रदेश क्लब तेस्रो स्थान हासिल गरेको हो ।

    images

    टस जितेर ब्याटिङको निर्णय गर्दै उत्तर प्रदेश क्लब–११ ले २० ओभर खेल्दै ८ बिकेटको नोक्सानीमा १ सय ३९ रन बनाएको थियो । जसका लागि सन्दिप मित्तलले ४३ रन तथा सन्नी सिंहले २६ रनको योगदान दिएका थिए । 

    खेलमा नेपाल आर्मी क्लबका सोमपाल कामीले ३ तथा शाहब आलम र शुसान्त भारीले समान २–२ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको आर्मीका ब्याट्सम्यानहरु १८ ओभरमा केवल १ सय ९ रनमा अल आउट भए । आर्मीका कुशल मल्लले ३५ रन बनाएका थिए । 

    आर्मीका सन्तोष कार्कीले १० तथा भीम सार्कीले ११ रनबाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकको रन बनाउन सकेनन । कम स्कोरमा रोक्न उत्तर प्रदेश क्लब ११ का विपिन चन्द्रा र तेजस सिंहले समान ३–३ तथा दिब्य सिंहले २ विकेट लिएका थिए । खेलमा उत्तर प्रदेशका तेजस सिंह म्यान अफ द म्याचबाट पुरस्कृत भए । 

    त्यसैगरी पुस स्पोर्टस दिल्लीलाई ६ विकेटले पराजित गर्दै सशस्त्र प्रहरी बलका एपीएफ क्लब प्रतियोगिताको पाँचौ स्थान हासिल गरेको छ । टस जितेर दिल्लीले ६२ रनको योगफल तयार गरेको थियो ।  

    एपीएफका ब्याट्सम्यानहरुले झिनो लक्ष्यलाई १२ दशमलव २ ओभरमा ४ विकेटको नोक्सानीमा भेटायो । खेलमा सशस्त्र प्रहरीका भुवन कार्कीले शानदार ४ विकेट लिएका थिए । उनि खेलमा म्यान अफ द म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको उपाधिका लागि रुपन्देहीले मलेसिया ११ संग शनिबार फाइनल खेल खेल्नेछ । चैत २५ देखि वैशाख ३ गतेसम्म नेपालमा पहिलोपटक आयोजना गरिएको टी–२० क्लब क्रिकेट प्रतियोगितामा नेपालका चार, भारतका दुई, मलेसिया र बंगलादेशका १–१ क्लब सहभागी छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij