images

मंगलवार, बैशाख ११ गते २०८१

प्रो–क्लब च्याम्पियनसीप क्रिकेटको उपाधि रुपन्देही–११ लाई 

प्रो–क्लब च्याम्पियनसीप क्रिकेटको उपाधि रुपन्देही–११ लाई 

images
images
images
शनिवार, बैशाख ३ २०७९
शनिवार, बैशाख ३ २०७९
  • प्रो–क्लब च्याम्पियनसीप क्रिकेटको उपाधि रुपन्देही–११ लाई 

    भैरहवा, ३ वैशाख ।
    भैरहवामा सम्पन्न प्रो–क्लब च्याम्पियनसीप क्रिकेटको उपाधि रुपन्देही–११ टिमले चुमेको छ । शनिबार भएको फाइनल खेलमा मलेसिया–११ लाई सात विकेटले पराजित गर्दै रुपन्देही–११ ले उपाधि चुमेको हो । उपाधिसंग रुपन्देही नगद २ लाख ५० हजार रुपैयाँ, कप, प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने उपविजेता मलेसिया–११ नगद १ लाख, कप, प्रमाणपत्रमा चित्त बुझाएको छ । 

    images

    सिद्धार्थ क्रिकेट रंगशालामा भएको फाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया–११ का ब्याट्सम्यानहरुले २० ओभरमा खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ४० रनको योगफल तयार पारेका थिए । मलेसियाको नर्जरिल रहमानले ३६ तथा जुबैदी जुलफुक्लेले २६ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन । 

    रुपन्देहीका बसिर अहमदले ३२ रन खर्चेर दुई तथा विक्रम भुसाल, विशालविक्रम केसी, कप्तान कृष्ण कार्की र रुपेश कुर्मीले एक–एक विकेट लिएका थिए । मध्यम लक्ष्य रुपन्देहीले १९ ओभरमा तीन विकेटको नोक्सानीमा पूरा गर्यो । रुपन्देहीको जितमा प्रज्वल थापाले सर्वाधिक ७१ रनको योगदान दिए । यस्तै सन्दिप रजाइली ४१ रनको योगदान दिएका थिए । मलेसियाको लागि शाहिद अजिज, मुहम्मद वकिफ र शार्भिन मुनियान्डीले १/१ विकेट लिए । 

    फाइनल खेलमा रुपन्देही–११ का प्रज्वल थापा म्यान अफ द म्याचबाट पुरस्कृत भए । प्रतियोगितामा रुपन्देही–११ का बसिर अहमद प्लेयर अफ द सिरिजबाट पुरस्कृत भए । 

    चैत २५ देखि वैशाख ३ गतेसम्म नेपालमा पहिलोपटक आयोजना गरिएको टी–२० क्लब क्रिकेट प्रतियोगितामा नेपालका ४, भारतका २, मलेसिया र बंगलादेशका १÷१ क्लब सहभागी थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij