
बिहिवार , कार्तिक २०, २०७७
भैरहवा। जेसिआई सिद्धार्थ नेपालका अध्यक्ष मंगल भण्डारी कोभिड संक्रमितको सेवामा लागि परेका छन्। कोरोना भाईरस लागेका बिरामीहरुले एम्बुलेन्स तथा गाडि नपाएर घरमै मर्नु पर्ने अबस्था देखेपछि आफ्नै नीजि सवारी साधनलाई कोभिड एम्बुलेन्स रुपमा प्रयोग गर्दै मानविय सेवामा लागि परेका हुन्।
कोभिड लागेका मध्य कतिपयलाई आफ्नै परिवारले समेत गाडिमा राखेर अस्पताल नपुराएपछि आफु चढ्ने गाडिलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्दै सेवा दिदै आएका छन्। भण्डारीले आफ्नो गाडिमा कोरोना संक्रमितलाई बोकेर आफै गाडि चलाएर अस्पताल पु¥याउने गरेका छन्। उनले आफ्नो गाडिलाई भण्डारी कोभिड एम्बुलेन्सको नाम दिएका छन् ।
उनले उक्त गाडि प्रयोग गरेर हालसम्म झण्डै डेढ दर्जन कोरोना संक्रमितलाई अस्पताल पु¥याएका छन्। अस्पताल पु¥याएका मध्ये दुई जनालाई भने बचाउन नसकिएको भण्ढारीके भनाई छ । बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस समुदायस्तरमा फैलिएपछि एम्बुलेन्स र अस्पतालको अभावमा कतिपय संक्रमितले घरमै ज्यान गुमाउनु परेका छ। शुरुमा भैरहवा वरिपरीका कोरोना संक्रमितलाई बोकेर अस्पताल पु¥याएका भण्डारीले अहिले भने बुटवल सम्मबाट सेवा दिदै आएका छन्।
कोरोना भाइरस सर्ने डरले आफ्नै परिवार र एम्बुलेन्सले समेत अस्पताल लैजान डराएपछि आफुले आत्मबल बलियो बनाएर बिरामीको सेवामा लागेको हु, भण्डारीले भने– ‘अस्पताल पु¥याएर उपचार पश्चात घर आएर फोन गर्दै धन्यवाद दिदा खुसीको कुनै सिमा छैन्, यसले थप आत्मबल बलियो बनाएको छ।’ कोरोना भाइरस लागेका बिरामीको उपचारका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रातदिन खटेजस्तै भण्डारी पनि रातदिन मानविय सेवामा खटेका छन्। यो बेला कोरोना संक्रमितलाई माया, सद्भाव र करुणा चाहिएको छ, हामीजस्ता युवाहरुले कोरोना लागेका व्यक्तिलाई माया र सद्भाव बाड्न सकियो भने उनीहरुको आत्मबल बलियो भएर छिट्टै कोरोना जित्न सफल हुन्छन्। उनले कोरोनाको डरले आफुलाई एक रत्ती पनि नछोएको बताए।
कोरोना संक्रमण देखिएपछि आफ्नै परिवारका सदस्य देखि समाजले समेत कोरोना संक्रमितलाई माया र सकारात्मक व्यवहार नगरेको अबस्थामा जेसिआई सिद्धार्थ नेपाल भैरहवाका अध्यक्ष भण्डारीले मानविय सेवाको भाव जागेर सेवा गर्ने गरेको बताए।
मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने जेसिजको मुलमन्त्रलाई आत्मसाथ गर्दै मनविय सेवामा लागेको भण्डारीको भनाई छ। भण्डारी सिद्धार्थ जेसिजको अध्यक्ष हुनु पहिले देखि नै बिभिन्न सामाजीक कार्य गर्दै आएका छन्।
विगत डेढ महिना देखि कोरोना भाईरसबाट ग्रस्त भइ एम्बुलेन्सको सेवा पाउन नसकि हस्पिटल पुग्न नसकेका थुप्रै बिरामीहरुको सेवामा उनी व्यस्त छन्। उनले सामाजीक संजाल फेसबुकमा थुप्रै पोस्टहरु राख्दै आफु चढ्ने गाडिलाई कोभिड एम्बुलेन्सको प्रयोग गरिएको बताएका छन्। उनले शुरुमा जेसिआई सिद्धार्थ नेपाल बर्ष २००६ का अध्यक्ष ओमकुमार श्रेष्ठलाई अस्पताल पु¥याएका थिए। उनलाई अस्पताल लगेर उपचार गरी निको भएपछि अहिले श्रेष्ठले साथ दिएका छन्। श्रेष्ठको हौषला र प्रेरणाले आफु उक्त कार्यमा निरन्तर लागेको बताए। श्रेष्ठ कोरोना संक्रमण भई हाल कोरोना मुक्त भएका छन्। श्रेष्ठ पनि सामाजिक कार्यमा निरन्तर लागेका व्यक्ति हुन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij