
बिहिवार , कार्तिक २०, २०७७
बुटवल, २० कार्तिक ।
सबल नेपाल मिडिया प्रा.लि.द्धारा संचालित सबल नेपाल साप्ताहिक तथा सबलपोष्ट डिजिटल पत्रिकाका प्रधान सम्पादक अमृत पाण्डेयलाई जीपीके फाउण्डेशन अमेरिकाले सम्मान गरेको छ ।
कोरोना भाइरसको महामारीका बेला प्रवासमा रहेका नेपालीहरुको समस्या र मुद्दाहरुमा सक्रियतापूर्वक कलम चलाएको भन्दै फाउण्डेशनले पत्रकार पाण्डेयसहित विश्वका विभिन्न देशमा क्रियाशिल नेपाली पत्रकारहरु अजयबाबु शिवाकोटी, मिना शर्मा, अंकुर लुइंटेल, केपी भट्ट लगायतलाई सम्मान गरिएको फाउण्डेशन अमेरिकाका संयोजक सोमनाथ घिमिरेले जानकारी दिए ।
पत्रकार पाण्डेय २०६२ सालबाट निहाल साहित्यिक पत्रिकामार्फत पत्रकारिता सुरु गरेका थिए । उनले रेडियो नमस्ते, नेपाल वान टेलिभिजन, खस्यौली एफएम लगायतमा काम गरिसकेका छन् । उनले कोरोना महामारी सुरु भएपछि विश्वभरीका नेपालीहरुसंग कोरोना भाइरस न्यूनीकरण कसरी गर्न सकिन्छ र कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा विज्ञ तथा विभिन्न देशमा रहेका संघ–संस्थाका प्रतिनिधिहरुसंग निरन्तर बहस कार्यक्रम संचालन गर्दै आइरहेका छन् । साथै जीपीके फाउण्डेशन अमेरिकाले संचालन गरिरहेको विदेशबाट बहस कार्यक्रमको नेपाल संयोजक रहेर समेत काम गरिरहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij