२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

उत्तर कोरियाद्वारा जापानको समुन्द्रतर्फ २ वटा क्षेप्यास्त्र प्रहार

आइतवार , बैशाख ४, २०७९

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • सियोल, ४ बैशाख। उत्तर कोरियाले शनिबार जापानको सागरतर्फ करिब ११० किलोमिटर (६८ माइल) दुरीमा दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले आइतबार जनाएको छ।

    उत्तर कोरियाको हामहुङ क्षेत्रबाट शनिबार स्थानीय समय अनुसार करिब १८स्०० बजे (०९ः०० जिएमटी) परीक्षण फायरिङ गरिएको थियो। दक्षिण कोरियाली सुरक्षा, सेना र खुफिया एजेन्सीहरूले उत्तर कोरियाको पछिल्लो परीक्षण प्रक्षेपणबारे छलफल गर्न आपतकालीन बैठक बोलाएका छन् । रासस