२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बर्षाको कहर

अविरल वर्षाका कारण जनजीवन प्रभावित

पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ८ मा पर्ने गौडेपुल नजिकै गएराति पहिरो खस्दा बुटवल–तानसेन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

मंगलवार , श्रावण ६, २०७७

बुटवल, ६ साउन ।
अविरल वर्षाका कारण जनजीवन प्रभावित हुँदै गएको छ । वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग र पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएका छन् ।

पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ८ मा पर्ने गौडेपुल नजिकै गएराति पहिरो खस्दा बुटवल–तानसेन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । उक्त स्थानमा दुई हप्तादेखि पहिरो खस्ने र पन्छाउने क्रम चलिरहेको छ ।

त्यस्तै सिद्धार्थ राजमार्गकै अन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै भीरबाट ढुंगाको थुप्रो बुटवल–दोभान खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता मदन गिरीले बताए ।

त्यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तु र दाङको सीमा क्षेत्र धानखोला नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक डम्बर वि.क.ले बताए ।