
सोमवार , बैशाख ५, २०७९
भैरहवा, ५ वैशाख ।
रुपन्देहीको शुद्धोधन गाउँपालिकाबाट विभिन्न पार्टी परित्याग गरी नेता कार्यकता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । भैरहवास्थित जिल्ला पार्टी कार्यालयमा आइतबार शुद्धोधन गाउँपालिका–२ का नेपाली काँग्रेसका क्रियाशिल सदस्य रतनमान थारु, दयाराम थारु राप्रपामा प्रवेश गरेका छन् ।
त्यस्तै शुद्धोधन–३ बाट कृष्ण भण्डारी, शुद्धोधन–५ बाट नेकपा (एमाले) नेतृ रीता थारु, लक्ष्मी थारु, खडवा बनगाई–२ का कांग्रेसका पूर्व सभापति रतनमान थारु, वडा नम्बर २ खड्वा बनगाईका कांग्रेस पूर्व सभापति रतनमान थारु राप्रपामा प्रवेश गरेका छन् । उनीहरुलाई राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा, रुपन्देही जिल्ला उपाध्यक्ष एवं जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजय कुमार गुप्ता, सचिव बलराम शर्मा, जिल्ला सदस्य दीना यादव, क्षेत्र नम्बर ३ का सचिव शंकर कार्की लगायतले पार्टीमा स्वागत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij