२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

ठूला राजनीतिक दल भन्नेहरु जनताबाटै धेरै टाढा भइसके : अध्यक्ष लिङ्देन

सोमवार , बैशाख ५, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक पार्टी भन्नेहरु जनताबाटै धेरै टाढा भइसकेको बताएका छन्।

    सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले ठूला राजनीतिक पार्टी भन्नेहरुबाट देशको सुधार र बिकास सम्भव नभएको  समेत बताए । उनले ठूला दलहरु असफल भइसकेको अवस्थामा देशको नयाँ बिकल्प राप्रपा भएको दावी गरे ।

    पछिल्लो समय आम जनतामा राप्रपा प्रति नया आशा र विश्वास बढ्दै गएका उहाको भनाई छ । उहाले राप्रपाप्रति राखेको भरोषा टुट्न नदिने प्रतिवद्धता जनाए । 

    पार्टी प्रवेशको सार्वजनिक आह्वान गरेको राप्रपाले सोमबार बिभिन्न व्यक्तिहरुलाई पार्टी प्रवेश गराएको हो ।