२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

एमालेविरुद्धको भ्रम चिर्नुपर्छ : उपमहासचिव गुरुङ

सोमवार , बैशाख ५, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • रुपन्देही, ५ वैशाख ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेविरुद्धका भ्रमहरुलाई चिर्नुपर्ने बताएका छन् । उनले आगामी स्थानीय तहको निर्वाचनमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा काम जनतामाझ पुर्याउनुपर्ने बताए ।

    प्रेस चौतारी नेपाल, लुम्बिनी प्रदेशले कपिलवस्तुको जितपुरमा सोमबार आयोजना गरेको लुम्बिनी प्रचार भेलालाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले एमाले र मतदाताहरुको पुलको रुपमा प्रचार क्षेत्रमा खटिएकाले भूमिका निर्वाह गर्न आग्रह गरे । उनले एमालेविरुद्ध गलत प्रचार र घेराबन्दी भइरहेकाले त्यसको खण्डन गर्दै जनतालाई सही सूचना दिनुपर्ने अहिलेको समय रहेको बताए ।

    एमालेको संगठन र कार्यशैलीप्रति अरु राजनीतिक दल र संघ–संगठनहरुले समेत इश्र्या गर्ने गरेको उल्लेख गर्दै एमालेको सुदृढ संगठन र कार्यशैलीलाई कमजोर हुन दिन नहुने गुरुङले बताए । समृद्ध नेपाल सुखी नेपालीको नारा एमालेको गन्तव्य रहेको भन्दै नारामा भए जस्तो काम गरेको छ/छैन भनेर खबरदारी गर्ने दायित्व पनि प्रचार कार्यकर्ताहरुको रहेको उनको भनाइ थियो ।
    कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमालेको देशव्यापी लहरले सत्ता गठबन्धन अत्तालिएको बताए । उनले प्रविधिको युगमा एमाले र प्रचार कार्यकर्ताहरु प्रविधिबारे जानकार हुनुपर्ने र वास्तविक तथ्यांक जनतासमक्ष पुर्याउनुपर्ने बताए ।

    प्रेस चौतारी लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थीको अध्यक्षता, महासचिव निरु गौतमको सञ्चालन तथा कपिलवस्तु अध्यक्ष जानु पाण्डेको स्वागतमा सम्पन्न भएको कार्यक्रममा पोलिटव्यूरो सदस्य एवं राष्ट्रियसभा सदस्य विमला घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, एमाले लुम्बिनी प्रदेशका प्रचार विभाग प्रमुख डिआर घिमिरे, एमाले प्रदेश कमिटी सदस्य शेरबहादुर केसी, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य इन्दिरा अर्याल र केन्द्रिय सदस्य पार्वती पाण्डेले प्रचारको कामलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा धारणा राखेका थिए । लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रेस चौतारीका सदस्यहरुको सहभागिता रहेको प्रचार भेलाले ९ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।