
मंगलवार , बैशाख ६, २०७९
भैरहवा, ६ वैशाख ।
रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १२ स्थित ढोलबजवामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्वाचन प्रचार-प्रसार कार्यालय उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच राप्रपाका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले उद्घाटन गरेका हुन् ।
पार्टीका केन्द्रीय सहायक महामन्त्री ताहिर अलीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व केन्द्रीय सदस्य तोयानाथ लम्साल, माधव रिमाल, उमा राना, दुधनाथ यादव लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij