२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

सिद्धार्थनगर–१२ मा राप्रपाको चुनाव प्रचार कार्यालय उद्घाटन

मंगलवार , बैशाख ६, २०७९

भैरहवा, ६ वैशाख ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको छ । सिद्धार्थनगर–१२ स्थित कालिकापथमा स्थापना गरिएको कार्यालयको सोमबार एक कार्यक्रमकाबीच राप्रपाका केन्द्रीय सदस्य वसन्त विक्रम शाही र रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

276125667_988759512032686_1150711169879633516_n.jpg

कार्यक्रममा राप्रपा जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, जिल्ला सविच तथा वडा नम्बर १२ को वडाअध्यक्षका उम्मेदवार  बलराम शर्मा, जिल्ला सदस्यहरु अरुण शाही, छेदीलाल श्रीवास्तव, इशान भण्डारी, नगर अध्यक्ष चन्द्रभक्त श्रेष्ठ, नगर सल्लाहकारद्वय रामकृष्ण लोहोनी, मदन कान्दु, नेतृ संगिता गुरुङ, तारा गुरुङ , तारा कार्की, प्रकाश ढाडी, रमजान आलम, प्रभात ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।

तिलोत्तमा–२ मा प्रचार प्रसार कार्यालय उद्घाटन

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको छ । राप्रपा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले एक कार्यक्रमकाबीच कार्यालयको उद्घाटन गरेका हुन् ।

278384818_144862581390240_5804778338205976989_n.jpg

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५३ जना राप्रपामा प्रवेश गर्नुभएको राप्रपा रुपन्देहीका उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजय कुमार गुप्ताले बताए ।

कार्यक्रममा राप्रपा प्रदेश अध्यक्ष प्रदिप उदय, पूर्व केन्द्रीय सदस्य तोयानाथ लम्साल, इर्साद आलम, जिल्ला सल्लाहकार संयोजक कृष्ण भण्डारी, नगर अध्यक्ष राधिका पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

देवदह–५ मा प्रचार प्रसार कार्यालय उद्घाटन

रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको छ । राप्रपा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले कार्यालयको उद्घाटन गरेका हुन् ।

278570346_144858898057275_4922590377669986853_n.jpg

कार्यक्रममा राप्रपाका पूर्व केन्द्रीय सदस्य तोयानाथ लम्साल, देवदह नगर अध्यक्ष माधव रिमाल, जिल्ला सदस्य लाल बहादुर ठकुरी लगायतको उपस्थिति रहेको थियो ।