
मंगलवार , बैशाख ६, २०७९
बुटवल, ६ वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बुटवल उपमहानगरपालिका समितिको आयोजनामा यही वैशाख ८ गते हुने आम सभाको तयारी पुरा भएको छ । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी आमसभाको तयारी पूरा भएको राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले बताए । पार्टीका केन्द्रीय अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछिको बुटवलमा पहिलो सभा हुन लागेको उनले बताए । राप्रपामा अधिकांश युवा नेतृत्वमा आउँदा आकर्षण बढेको दावी गर्दै अबको राप्रपा नै राष्ट्रिय पार्टीको रुपमा रहेको उनले दावी गरे । प्रदेशमा निर्वाचनको विषयमा राप्रपा केन्द्रबाट निर्णय हुने तर्क गर्दै स्थानीय निर्वाचनमा एकल उम्मेदवारी दिने बताए ।
राप्रपाका सल्लाहकार समितिका केन्द्रिय अध्यक्ष तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले यो संविधानलाई आलोचनात्मक समर्थन गरेको भन्दै संविधानमा पार्टीहरुको आ–आफ्नो एजेण्डा राखिएको बताए । भष्ट्राचारले किलो गाडेको दुःखेसो गर्दै उनले राप्रपा नेतृत्व परिवर्तन गरेको हुँदा पनि आम जनमानसमा लोकप्रियता बढेको दावी गरे ।
कांग्रेस, एमालेको एजेण्डा नरहेको भन्दै राप्रपासँग मात्र अल्पकालिन र दिर्घकालिन एजेण्डा रहेको उनले दावी गरे ।
कार्यक्रममा राप्रपाका पूर्व केन्द्रीय सदस्य तोयानाथ लम्साल, रुपन्देही जिल्ला प्रवक्ता पुनाराम पोखरेल, बुटवल नगर अध्यक्ष निरजप्रताप खाँणले नयाँ शक्तिको रुपमा राप्रपाको विकल्प नभएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij