
मंगलवार , बैशाख ६, २०७९
भैरहवा, ६ वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा युवा नेता तथा व्यवसायी भुवन खनाललाई मेयरको उम्मेदवार बनाउने भएको छ ।
युवा नेता खनाललाई सर्वसम्मत रुपमा नगरप्रमुख (मेयर) पदको उम्मेदवार बनाउने निर्णय भएको राप्रपा रुपन्देहीका उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजय कुमार गुप्ताले बताए ।
खनाल भलवारीस्थित होटल हिडन प्यालेसका सञ्चालक हुन् ।
त्यस्तै राप्रपाले तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा वडाअध्यक्षका उम्मेदवारको पनि टुंगो लगाएको छ । जसअनुसार वडा नम्बर ७ मा सुरेश पन्थी, ८ मा निरञ्जन पराजुली, ९ मा खुम बहादुर राना, १० मा विक्रम के.सी., ११ मा गोपीनाथ पाण्डे, १३ मा शेर बहादुर घर्तीमगर, १४ मा तीर्थराज थारु र १७ मा संदिप थारुलाई वडाअध्यक्षको उम्मेदवार बनाउने राप्रपा रुपन्देहीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij