२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का निवर्तमान सभापति मात्रिका यादवले पार्टी छाडे

बुधवार , बैशाख ७, २०७९

  • 6.8K
    Shares
  • 6.8K
    Shares
  • भैरहवा, ७ वैशाख ।
    नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का निवर्तमान सभापति मात्रिका प्रसाद यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । कांग्रेसबाट सिद्धार्थनगर नगरपालिकाको उम्मेदवारको आकांक्षी समेत रहेका यादवले पार्टीको साधारण सदस्य समेत नरहने गरी परित्याग गरेको घोषणा गरेका छन् । उनी संस्थापनइतर पक्ष मानिन्छन् । 

    एकलौटी रुपमा कांग्रेस नगर समितिले मेयर पदको उम्मेदवार सिफारिस गरेको कुरामा आफ्नो असुन्तष्टि रहेको उनले बताए । मेयर पदका ६ जना आकांक्षीको नाम जिल्ला र प्रदेश समितिमा सिफारिस गर्ने भनिए पनि हचुवाको भरमा एक जनाको मात्र नाम सिफारिस गर्नु गलत भएको उनले बताए । उनले भने, ‘हामी ४० वर्षदेखि काँग्रेसमा आबद्ध छौं, तर हिजो आएका नयाँ मान्छेलाई एकलौटी रुपमा मेयर पदको उम्मेदवारमा सिफारिस गरियो, यो गलत हो ।’

    पार्टी नगर कमिटीले संविधानसभा सदस्य समेत रहेका काँग्रेस नेता इस्तियाक अहमद खानलाई उम्मेदवार बनाउन माथिल्लो कमिटीलाई सिफारिस गरेको छ ।

    गत स्थानीय तहको निर्वाचनमा पनि सिद्धार्थनगर नगरपालिकाको प्रमुख पदको उम्मेदवार भइ उनी पराजित भएका थिए ।
    त्यस्तै पार्टीको क्षेत्रीय अधिवेशनमा पनि उनी क्षेत्रीय सभापति पदमा उम्मेदवार भइ पराजित भएका थिए ।