२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

बुधवार , बैशाख ७, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, ७ वैशाख ।
    मानव बेचबिखन, असुरक्षित बसाईसराई र बालबालिकाको अनलाइन यौन शोषण रोकथाम परियोजनाले बुधबार भैरहवामा सरोकारवालासँग अन्तरक्रिया गरेको छ ।  कार्यक्रममा होटल व्यवसायी, यातायाता व्यवसायी, सञ्चारकर्मी तथा सरकारी निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । 

    कार्यक्रममा शुभअवसर ग्राम नेपालका परियोजना प्रमुख सत्यनारायण यादवले परियोजनाले गर्ने काम र गरिरहेका कामको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

    कार्यक्रममा नेपाल भारत सीमा क्षेत्रका सुरक्षा निकायका प्रतिनिधिहरु मनिराम मौर्य, पुष्पा चौधरी, श्रवण कुमार तथा रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोखरेल, मर्चवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्याल, सिद्धार्थनगर नगरपालिका सामाजिक शाखा प्रमुख यादव प्रसाद सापकोटा, ईलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख जितेन्द्र श्रेष्ठ, यातायात व्यवसायी बाबुराम घिमिरे लगायतले बोलेका थिए । काठमाडौं, कास्की र रुपन्देही जिल्लामा परियोजना सन्ञ्चालनमा छ भने रुपन्देहीका ३ वटा पालिका सिद्धार्थनगर, रोहिणी र मर्चवारीमा यो परियोजना सञ्चालनमा छ ।  परियोजनाका विकास देवकोटाको स्वागतमा मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन निजामुद्दिन पठानले गरेका थिए ।