२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

सागरप्रताप राणा  राप्रपाबाट सिद्धार्थनगर प्रमुखका उम्मेदवार

बिहिवार , बैशाख ८, २०७९

  • 5.2K
    Shares
  • 5.2K
    Shares
  • भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टीले सागर प्रताप राणालाई सिद्धार्थनगर नगरपालिकाकाे प्रमुखकाे उम्मेदवार बनाउने घोषण गरेको छ ।

    पार्टीको रुपन्देही जिल्ला अध्यक्ष समेत रहेका राणालाई प्रमुख बनाउने घोषणा गरेकाे हाे । 

    बिहिबार बुटवलमा आयोजित आमसभालाई सम्बेधन गर्दै राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप उदयले राणा सहित जिल्लाका अन्य उम्मेदवारहरुको नाम  घोषण गरे ।

    राणा २०७४ को निर्वाचनमा पनि नगर प्रमुखमा उम्मेदवार रहेका थिए त्यसअघि उनी नगरपालिकाका प्रमुख भएर काम गरेका थिए। 

    नेता उदयका अनुसार बुटवल उपमहानगरपालिकामा मृगेन्द्र शेरचन, सिद्धार्थनगर नगरपालिकामा सागर प्रताप राणा, तिलोत्तमा नगरपालिकामा भुवन खनाल, देवदहमा माधव रिमाल र रोहिणी गाउँपालिकामा ताहिर अली पालिका प्रमुखका उम्मेदावार तय गरेको छ।