२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

जसपा परित्याग गरी मर्चवारी–४ का अध्यक्ष राप्रपामा प्रवेश

शुक्रवार , बैशाख ९, २०७९

भैरहवा, ९ वैशाख ।
रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष शैलेष श्रीवास्तव जनता समाजवादी पार्टी, नेपाल (जसपा) परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । करिब एक महिना अघि उनी जसपामा प्रवेश गरेका थिए । गत स्थानीय तहको निर्वाचनमा श्रीवास्तव स्वतन्त्र उम्मेदवार भइ वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

278905477_520944789598484_2650533427372573177_n.jpg

त्यस्तै मर्चवारी गाउँपालिकाका युवा नेता तथा समाजसेवी सन्तोष श्रीवास्तव, विसम्भर यादव, राजेन्द्र बनिया, चन्द्रभुषण पाठकसहितको टीम राप्रपमा प्रवेश गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजय कुमार गुप्ताले बताए । उनीहरुलाई राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले शुक्रबार पार्टीमा प्रवेश गराएका हुन् । राप्रपामा प्रवेश गरेका

राप्रपाले समाजसेवी सन्तोष श्रीवास्तवलाई मर्चवारी गाउँपालिका अध्यक्षको उम्मेदवार तथा श्रीवास्तवलाई वैशाख ३० गते हुने निर्वाचनको लागि मर्चवारी–४ को वडाअध्यक्षको उम्मेदवार बनाउने घोषणा समेत गरेको छ ।

278925245_717773712555196_8726454537652027079_n.jpg