२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

नेपाल राष्ट्रिय शिक्षक संगठन सियारीद्वारा शुभकामना आदानप्रदान

शनिवार , बैशाख १०, २०७९

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, १० वैशाख ।
    नेपाल राष्ट्रिय शिक्षक संगठन सियारी रुपन्देहीले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान तथा भितेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । सोही अवसरमा संगठनले नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीलाई सम्मानसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

    नेपाल राष्ट्रिय शिक्षक संगठन सियारीका अध्यक्ष दल बहादुर श्रीसको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष धनिश्वर गौतम, प्रदेश प्रतिनिधि कृष्ण भुसाल, सियारी गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारु, उपाध्यक्ष अमृता गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।