
शनिवार , बैशाख १०, २०७९
रुपन्देही, १० वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुख (मेयर) मा हरिहर जयसवाल (मनोज) लाई उम्मेदवार बनाउने भएको छ ।
मेयरका उम्मेदवार जयसवाललाई राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले टिकट प्रदान गरेका छन् ।
त्यस्तै राप्रपाले लुम्बिनी साँस्कृतिक नगरपालिकाको उपप्रमुख (उपमेयर)मा राधेश्वरी बरई चौरसिया उम्मेदवार बनाउने भएको छ ।
नगरपालिकामा १३ वटै वडाअध्यक्षको उम्मेदवारको समेत टुंगो लागिसकेको राप्रपाका युवा नेता हरिहर जयसवाल (मनोज)ले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij