आइतवार , बैशाख ११, २०७९
भैरहवा, ११ वैशाख ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका उपाध्यक्ष भानमति बनिया राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेकी छन् । जनता समाजवादी पार्टी, नेपाल (जसपा) परित्याग गरी उनी शनिबार राप्रपामा प्रवेश गरेकी हुन् ।
गत स्थानीय तहको निर्वाचनमा बनिया तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
त्यस्तै कोटहीमाई गाउँपालिका–६ का युवा नेता मुकेश यादव, कोटहीमाई–७ का दिलिप कुमार यादव, कोटहीमाई–४ का वडा सदस्य राम कुमार यादव जसपा परित्याग गरी राप्रपामा प्रवेश गर्नुभएको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समिति संयोजक अजय कुमार गुप्ताले बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
