
आइतवार , बैशाख ११, २०७९
भैरहवा, ११ वैशाख ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट लुम्बिनी सांस्कृतिक नगरपालिकामा उपप्रमुख उम्मेदवार भइ तेस्रो स्थान प्राप्त गरेकी राधेश्वरी बरई (चौरसिया) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेकी छन् । उनले गत स्थानीय निर्वाचनमा ३ हजार ५ सय मत प्राप्त गरेकी थिइन् ।
उनलाई शनिबार राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले पार्टीमा स्वागत गरेका छन् । बरईलाई राप्रपाले आगामी स्थानीय तहको निर्वाचनमा लुम्बिनी साँस्कृतिक नगरपालिकामा उपप्रमुखको उम्मेदवार बनाउने पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजय कुमार गुप्ताले बताए ।
काँग्रेसका क्रियाशिल सदस्य राप्रपामा प्रवेश
नेपाली काँग्रेसका क्रियाशिल सदस्य दिनेश गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । कांग्रेस परित्याग गरी उनी राप्रपामा प्रवेश गरेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij